सुनको मूल्य तोलामा ९४ हजार २०० पुग्यो

सफल खबर संवाददाता

मंगलबार, १३ असोज २०७७, ११ : ५७
सुनको मूल्य तोलामा ९४ हजार २०० पुग्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदीको मूल्य पनि आज बढेर तोलामा ११७५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदीको मूल्य तोलामा ११५० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस