के गफ हुन्छ ओली–प्रचण्डबीच दिनहुँको छलफलमा ?

नेकपा सचिवालयका एक सदस्य भन्छन्,–‘खास विषयमा थोरै समय कुरा हुन्छ, धेरै त अन्यत्रै अनौपचारिक कुराकानीमै बित्छ, पछिल्लो भेट पनि त्यस्तै भएको छ’

सफल खबर संवाददाता

मंगलबार, १३ असोज २०७७, १० : १४
के गफ हुन्छ ओली–प्रचण्डबीच दिनहुँको छलफलमा ?

काठमाडौं । सत्तारुढ दल नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्ड अचेल दिनहुँ छलफलमा छन् । छलफलको मक्सद एउटै छ, – स्थायी समिति बैठकले पारित गरेको प्रस्तावका आधारमा मन्त्रिमण्डल पूर्नगठन गर्ने, सम्वैधानिक–राजनीतिक नियुक्तिहरु निश्चित मापदण्ड निर्धारण गरी नेताहरुसँगको परामर्श र दुई अध्यक्षको सहमतिका आधारमा गर्ने ।बिहिबार झण्डै सवा तीन घण्टा, शुक्रबार पनि तीन घण्टा, आइतबार तीन घण्टा र सोमबार झण्डै साढे दुई घण्टा ओली र प्रचण्डका बीचमा छलफल भएको छ ।

यो छलफल मन्त्रिमण्डल पूर्नगठनका लागि भएको हो । असोज ४ मा एक दिन सचिवालय बैठकमा मापदण्ड के हुन सक्छ ? मन्त्रिमण्डल पूर्नगठनको बारेमा भनेर पनि नेताहरुले विचार विमर्श गरे । अनेक तर्क उठाए, त्यसपछि दुई अध्यक्षले मापदण्ड बनाउने विषयमा जिम्मा लिएर पछिल्ला छलफल गर्न थालेका हुन् ।

झण्डै १२ घण्टा हिसाबै गर्ने हो भने पनि दुई अध्यक्षले एक्लाएक्लै पूर्नगठनकै विषयमा समय खर्चिसके । तर फेरि किन सहमति केही जुटिरहेको छैन ? एकाध दिनमै पूर्नगठन हुन्छ भन्ने नेताहरुको बोली आएपनि कहिलेसम्म हुन्छ ? कुनै टुंगो छैन् । तर लगातार तीन–तीन घण्टाका दरले दुई अध्यक्ष छलफलमा बस्दा सम्म किन कुनै सहमति जुट्दैन ? के साँच्चै सिरियस छलफल छ त ? दुई अध्यक्षका बीचमा ?

ओली आफु सरिक हुने जुनकुनै बैठक र छलफलमा पनि विषय भन्दा बाहिर गएर धेरै समय आफ्ना कुरा सुनाउँछन् । चाहे उनी पार्टीका बैठक हुन्, चाहे मन्त्रिपरिषद् । ओलीले आफ्नो आर्दश नछाँटेको दिन नै हुदैन् । त्यस्तै दुई अध्यक्षका छलफलमा पनि त्यही प्रवृति दोहोरिरहेको छ ।

यो प्रश्न पनि नेकपाभित्र उठ्ने गरेको छ । दुई अध्यक्षको चार दिन यताका छलफलमा निरन्तर अपडेट रहिरहेका नेकपाका एक सचिवालय सदस्यलाई खासमा दुई अध्यक्षका बीचमा लामो सम्वादमा कुरा चाँही हुन्छ के ? भनी सफलखबरले सोधको थियो ।  ति सदस्यका अनुसार,– ‘खास विषय केन्द्रीत छलफल भने जम्माजम्मी हरेक दिन २०-२५ मिनेट मात्रै हुने गर्छ ।’ सोमबार पनि दुई अध्यक्षका बीचमा छलफल भयो । बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटार छलफलका लागि पुगेका प्रचण्ड दिउँसो सवा २ बजे मात्र बालुवाटारवाट निस्किए । यति लामो समय बालुवाटारमा ओलीसँगै बसेर निस्कदा सम्म पनि किन कुनै निश्र्कष निकस्दैन् ? प्रश्न उठ्नु स्वभाविक छ । 

‘तर छलफलमा विषयमा मात्र केन्द्रीत कुरा नै हुदैन, अनि कसरी निश्र्कष निस्कन्छ र ?’–ति सचिवालय सदस्यले भने । प्रधानमन्त्री ओलीको शैलीका कारण विषय केन्द्रीत छलफल थोरै समय मात्र हुने गरेको हो । ओली आफु सरिक हुने जुनकुनै बैठक र छलफलमा पनि विषय भन्दा बाहिर गएर धेरै समय आफ्ना कुरा सुनाउँछन् । चाहे उनी पार्टीका बैठक हुन्, चाहे मन्त्रिपरिषद् ।

ओलीले आफ्नो आर्दश नछाँटेको दिन नै हुदैन् । त्यस्तै दुई अध्यक्षका छलफलमा पनि त्यही प्रवृति दोहोरिरहेको छ । सोमबार उनले प्रचण्डसँग भारत चीन सम्बन्ध र नेपालको भूमिका, ओलीको खानेकुरा, ओलीको राजनीतिक जीवनको सुरुआत लगायतकै विषयमा निक्कै बेर ओलीले गन्थन गरे । त्यसपछि मात्रै बाँकी २० मिनेट जति मन्त्रिमण्डल पूर्नगनठमा के गर्ने ? भन्नेमा नेताहरुले छलफल गरे ।

‘प्रधानमन्त्री विषयमा मात्रै केन्द्रीत हुनुहुन्न, उहाँ आफ्नै कुरा बढी सुनाउनुहुन्छ, आफ्नै महिमागान बढी गर्नुहुन्छ, छलफलमा रहनुभएका नेतालाई नै दिक्क लाग्ने बेला सम्म आफ्ना कुरा प्रधानमन्त्रीले सुनाउन छोड्नुहुन्न । अनि लौ अब विषय प्रवेश गरौं, भनेपछि पनि आफ्ना कुरा यो हो, यसैमा मान्नुस् मात्र भन्नुहुन्छ,’ ति सचिवालय सदस्यले सफलखबरसँग भने,–‘ हिजो (सोमबार) पनि उहाँले त्यही भन्नुभएछ, रिक्त तीन मन्त्रालयमा मन्त्री लैंजाऔं, राज्य मन्त्रीको सट्टा मन्त्रालय फुटाएर बनाउनेमा थप ३ मन्त्री थपौं । अरु अहिलेलाई नचलाऔं ।’ प्रधानमन्त्री ओलीको त्यही अडान बिहिबार यता निरन्तर दोहोरिरहेको छ ।

तर प्रचण्डले भने स्थायी समितिले पूर्नगठनको प्रस्ताव यत्तिका लागि होइन भनेर प्रधानमन्त्रीलाई दोहो¥याउँदा पनि सरकारमा मलाई सहयोग गर्ने मन्त्री चाहिन्छ, अहिलेका मन्त्रीहरुले मलाई सहयोग गरिरहेका छन, राम्रै गरिरहेका छन् हटाउन सकिन्न भन्ने जवाफ मात्र प्रधानमन्त्रीले दिईरहेको ति सचिवालय सदस्यले बताए ।

ओली पार्टीभित्रको समिकरणमा आफुलाई सधै सुरक्षित राख्न सरकारमा त्यही अनुसारको मन्त्रीहरुको सेटिङ मिलाईरहन चाहन्छन् । त्यही भएर पनि उनले सरकार पूर्नगठनमा आफ्नो पक्षमा बलियो जनमत खासगरी सचिवालय र स्थायी समिति भित्र कसरी बनाउने भन्नेमा दाउपेच रच्न खोजिरहेका छन् ।

त्यही कारण पनि दुई अध्यक्षका बीचमा कुरा अहिलेसम्म मिल्न नसकिरहेको ति सचिवालय सदस्यले बताए । दुई अध्यक्ष बीच सम्वाद अझैं जारी राख्ने गरी छलफलहरु टुंगिने गरेका छन् । सोमबार पनि त्यही भएको छ ।
 

प्रतिक्रिया दिनुहोस