आईपिएल :  सुपर ओभरमा बैंगलोरले बाजी मार्यो, मुम्बई पराजित

एजेन्सी

मंगलबार, १३ असोज २०७७, ०८ : २०
आईपिएल :  सुपर ओभरमा बैंगलोरले बाजी मार्यो, मुम्बई पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।
सुपर ओभरमा मुम्बईले बैंगलोरलाई ८ रनको लक्ष्य दिएको थियो । जसलाई विराट कोहली र एबी डिभिलयर्सले सजिलै लक्ष्य हासिल गरे ।

सोमबार राति युएईमा सम्पन्न प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनाए पनि जितको लागि पर्याप्त भएन् । २०२ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले ५ विकेटको क्षतिमा २०१ रन नै बनाएपछि खेल बराबरी भयो । 

दुवै टिमको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा गएको थियो । मुम्बईका  किरोन पोलार्ड १० र इशान किशन ६१ रन बनाएर क्रिजमा खेलिरहेका बेला अन्तिम ५ ओभरमा यी दुवैको जोडीले ८९ रन बनाएपछि खेल बराबरी भयो ।

पोलार्डले २४ बलमा ६० रन र इशानले ५८ बलमा ९९ रन बनाए । दुवैले पाँचौं विकेटका लागि ११९ रनको पार्टनरसिप गरेका गरे । आईपीएल इतिहासमा पहिलो पटक दुई सयभन्दा धेरै रन बनाएर पनि म्याच टाई भएको यो पहिलो पटक हो ।

यसअघि दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबले पनि समान रन बनाएपछि प्रतियोगिताको निर्णइ सुपर ओभरबाट लिईएको थियो । 

प्रतिक्रिया दिनुहोस