CG Landmark

विगत ९ वर्षदेखि बाबुबाट बलात्कृत चौध वर्षीया छोरीले भनिन्, 'आमालाई भन्दा पनि न्याय पाइन'

रासस

सोमबार, १२ असोज २०७७, १८ : ११
विगत ९ वर्षदेखि बाबुबाट बलात्कृत चौध वर्षीया छोरीले भनिन्, 'आमालाई भन्दा पनि न्याय पाइन'

धादिङ । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक  बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
 
पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्यपरीक्षण गरिएको छ । 

घटना पटक–पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदासमेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छिन् । आरोपित बाबुले आफूलाई पाँच वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएकाले छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौँ जान लाग्दा पीडित बालिकाको उद्वार गरिएको थियो ।

Yeti Diistillery Tansen Cement box