काठमाडौं । राजधानीको थापाथली चोकमा जाम हुँदै गर्दा हुँइकिएर आएको एक एम्बुलेन्सले जाममा फसेको एक मोटरसाइकल र एक भ्यानलाई ठक्कर दिएको छ ।
बा १४ च ९३४१ नम्बरको एम्बुलेन्सले बा २२ प ६६२२ नम्बरको मोटरसाइकल र सञ्चारमाध्यमको भ्यानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । उनको खुट्टामा गम्भीर चोट लागेको छ ।
दुर्घटनालगत्तै एम्बुलेन्स भागेपनि पछि नर्भिकको एम्बुलेन्स रहेको खुलेपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ । यद्यपी दुर्घटनालगत्तै भने कोरोनाका बिरामी रहेको बताउँदै एम्बुलेन्स भाग्न सफल भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार जाममा एम्बुलेन्स चालकले लापरबाहीपूर्ण ढंगले चलाउँदा एकाएक मोटरसाइकल र भ्यानलाई ठक्कर दिन पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ असोज २०७७, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते