काठमाडौं । राजधानीको थापाथली चोकमा जाम हुँदै गर्दा हुँइकिएर आएको एक एम्बुलेन्सले जाममा फसेको एक मोटरसाइकल र एक भ्यानलाई ठक्कर दिएको छ ।
बा १४ च ९३४१ नम्बरको एम्बुलेन्सले बा २२ प ६६२२ नम्बरको मोटरसाइकल र सञ्चारमाध्यमको भ्यानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । उनको खुट्टामा गम्भीर चोट लागेको छ ।
दुर्घटनालगत्तै एम्बुलेन्स भागेपनि पछि नर्भिकको एम्बुलेन्स रहेको खुलेपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ । यद्यपी दुर्घटनालगत्तै भने कोरोनाका बिरामी रहेको बताउँदै एम्बुलेन्स भाग्न सफल भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार जाममा एम्बुलेन्स चालकले लापरबाहीपूर्ण ढंगले चलाउँदा एकाएक मोटरसाइकल र भ्यानलाई ठक्कर दिन पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ असोज २०७७, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ जना घाइते
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु