आईपिएल :  २२३ रन पछ्याएको राजस्थानले निकाल्यो शानदार जित, पञ्जाब स्तब्ध

एजेन्सी

सोमबार, १२ असोज २०७७, ०८ : १०
आईपिएल :  २२३ रन पछ्याएको राजस्थानले निकाल्यो शानदार जित, पञ्जाब स्तब्ध

एजेन्सी ।  राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबलाई हराउदैं आफ्नो पोल्टामा अंक थप्न सफल भएको छ । 

आइतबार राति शारजाहमा भएको खेलमा राजस्थान रोयल्सले जित निकाल्ने क्रममा २२४ रनको लक्ष्य पूरा गर्दै पञ्जाबलाई चार विकेटले पराजित गरेको हो ।

सन्जु सामसनलको ८५, राहुल तेवतियाको ५३ तथा कप्तान स्टीभन स्मिथको ५० रनको सहयोगमा राजस्थानले १९ ओभर तीन बलमा २२६ रन बनाएर जित निकालेको हो ।

पहिले ब्याटिङ्ग गरेको पञ्जाबले दुई विकेटको क्षतिमा २२३ रन बनाएको थियो । पञ्जाबका लागि मयंक अग्रवालले १०६ तथा कप्तान केएल राहुलले ६९ रन जोडेका थिए । 

प्रतिक्रिया दिनुहोस