राजविराज | सप्तरीको बोदे बर्साइन–७ का ५७ वर्षीय विनोदकुमार यादवलाई तीन दशकदेखिको मुद्दाले छाडेको छैन। बुवा सकलदेव र ठूलो बुवाहरू जयकृष्ण र बालेश्वरको मृत्युपछि विनोदले मुद्दा लड्न थालेका रहेछन्। ‘अदालतले फैसला गर्दा पुस्ता बित्यो’, उनले भने, ‘कार्यान्वयन गर्न अर्को पुस्ता कुनुपर्ने देखियो।’
उनले पछिल्लो पटक भदौ २४ गते आफ्नो नैसर्गिक अंश हक रहेको जमिनमा वडा कार्यालय निर्माण हुन लागेको भन्दै अदालतमा निषेधाज्ञाको रिट हालेका थिए। आफ्नो अंशभागमा परेको कित्ता नम्बर १३२१ को १ कठ्ठा ५ धुर जमिनमा खडक नगरपालिका–८ को वडा कार्यालय बनिरहेको उनको दाबी छ।
उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले नगरपालिका र वडा कार्यालयका नाममा भदौ २४ गते नै अल्पकालीन अन्तरिम आदेश जारी गर्यो। ‘छलफलको मितिसम्म निर्माण कार्य नगर्न-नगराउन र यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ’, आदेशमा भनिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ असोज २०७७, ०६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा सातजनाविरुद्ध मुद्दा दायर
रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको मिसिल झिकाउने आदेश
रवि र छविको मुद्दाको सुनुवाइ स्थगित
गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा
सर्वोच्चको तीन इजलासमा भ्रष्टाचारसम्बन्धी ९९ थान मुद्दा पेसीमा
सकियो माधव नेपालको मुद्दामा थुनछेक बहस