नेपालमा आज १० जनाको मृत्यु, १ हजार ५७३ जना संक्रमित थपिए, ८८५ जना निको भए

सफल खबर संवाददाता

आइतबार, ११ असोज २०७७, १६ : २६
नेपालमा आज १० जनाको मृत्यु, १ हजार ५७३ जना संक्रमित थपिए, ८८५ जना निको भए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४७७ पुगेको छ । यस्तै आज थप १ हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८८५ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । जसमध्ये ५३ हजार ८९८ जना निको भएर घर फर्किएका छन् ।