कोरोना भाइरस (कोभिड–१९)

थपिए एक हजार दुई सय सात जना कोरोना संक्रमित

गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु, एक हजार एक सय ४७ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, १० असोज २०७७, १६ : २७
थपिए एक हजार दुई सय सात जना कोरोना संक्रमित

काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा एक हजार दुई सय सात जना कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेहरु एक हजार एक सय ४७ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा हालसम्म कुल संक्रमित संख्या ७१ हजार आठ सय २१ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरु ५३ हजार १३ जना पुगेका छन् । हालसम्म कोरोनाबाट नेपालमा चार सय ६७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस