घाँस काट्न गएका महतोको बाघको आक्रमणबाट मृत्यु

सफल खबर संवाददाता

शनिबार, १० असोज २०७७, १४ : १४
घाँस काट्न गएका महतोको बाघको आक्रमणबाट मृत्यु

चितवन । स्थानीय सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका महतोलाई बाघले आक्रमण गरेको थियो । घाँस काटिरहेको समयमा आज बिहान एक्कासी बाघको आक्रमणबाट महतोको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस