दाङ । दाङको तुलसीपुरबाट पाँच किलो अफिमसहित दुई जना पक्राउ परेका छन । तुलसीपुरको गुम्राह चोकबाट गएराति अफिमसहित श्रीमान्श्रीमती पक्राउ परेको दाङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रोल्पा थबाङ घर भई हाल तुलसीपुर बस्दै आएका ४६ वर्षका कर्म बुढा र उनकी श्रीमती ४५ वर्षका राजकुमारी बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले रोल्पाबाट दाङ ल्याउन लागेको विशेष सूचनाको आधारमा उनीहरुलाई अफिमसहित पक्राउ गरेको जानकारी दिए ।
एसपी चन्दले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटेको बिशेष प्रहरी टोलीले पक्राउ गरेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० असोज २०७७, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ