अन्ततः खुल्यो लोकसेवा, धमाधम परीक्षा सञ्चालन हुने

सफल खबर संवाददाता

शनिबार, १० असोज २०७७, ०७ : ५६
अन्ततः खुल्यो लोकसेवा, धमाधम परीक्षा सञ्चालन हुने

काठमाडौं । कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु गर्ने निर्णय गरेसँगै आयोगले यसअघि रोकिएका विभिन्न सेवा समूह, श्रेणी तथा तहका परीक्षा सञ्चालनको प्रक्रिया अघि बढाएको छ ।

कोरोनाका कारण १० हजार बढी पदमा परीक्षा हुन सकेको थिएन । लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले गत वर्ष रोकिएका शाखा अधिकृत र नायब सुब्बाको दोस्रो चरणको परीक्षा सुचारु गरिने जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस