आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, १० असोज २०७७, ०७ : ३३
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम देशका अधिकांश स्थानमा शनिबार आंशिकदेखि सामान्य बदली भइ पानी पर्ने सम्भावना भने रहेको जनाएको छ ।

मौसमविदले मौसममा क्रमिक सुधारको क्रममा रहेको मौसम शनिबार पनि क्रमिक रुपमा सुधार हुने जनाएका छन् । पश्चिममा भन्दा पूर्व तिर मौसम बदली भइ वर्षाको सम्भावना बढी रहेको उनले जानकारी दिएकी छन् ।

अहिले कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश ५ मा आंशिक बदली भएको छ । बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानमामा हल्का पानी परेको छ । यस्तै अरु प्रदेशका एक–दुई स्थानमा पनि हल्लका वर्षा भइरहेको छ ।

शनिबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थान तथा प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक–दुई स्थानमा मेभगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । भारत बिहारम बनेको न्यून चापीय क्षेत्रको प्रभाव कम हुँदै गए पनि पूर्ण रुपमा हटेको छैन । अहिले न्यून चापीय क्षेत्र उत्तर–पूर्व तर्फ सर्दै गएकाले त्यसको प्रभाव पश्चिममा भन्दा पूर्वी क्षेत्रमा बढी पर्ने छ । 


 

प्रतिक्रिया दिनुहोस