अन्ततः खुल्यो लोकसेवा , रोकिएका सबै परीक्षा धमाधम सुचारु हुँदै

पत्रपत्रिकाबाट

शनिबार, १० असोज २०७७, ०७ : ११
अन्ततः खुल्यो लोकसेवा , रोकिएका सबै परीक्षा धमाधम सुचारु हुँदै

काठमाडौं । कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु गर्ने निर्णय गरेसँगै आयोगले यसअघि रोकिएका विभिन्न सेवा समूह, श्रेणी तथा तहका परीक्षा सञ्चालनको प्रक्रिया अघि बढाएको छ ।

कोरोनाका कारण १० हजार बढी पदमा परीक्षा हुन सकेको थिएन । लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले गत वर्ष रोकिएका शाखा अधिकृत र नायब सुब्बाको दोस्रो चरणको परीक्षा सुचारु गरिने जानकारी दिए ।

गत वर्ष शाखा अधिकृततर्फ प्रशासन, न्याय र व्यवस्थापिका संसद्तर्फको पहिलो चरणको परीक्षा सम्पन्न भई दोस्रो चरणको परीक्षा भएको थिएन । परीक्षा सञ्चालन हुने क्रममा कोभिड महामारी सुरु भएसँगै सबै परीक्षा स्थगित भएको थियो । अब सो परीक्षा कात्तिकमा सञ्चालन गरिनेछ । पहिलो चरणमा शाखा अधिकृतका लागि ३ हजारले नाम निकालेका थिए ।

नायब सुब्बाको परीक्षा पनि सञ्चालन गर्ने निर्णय भएको छ । नायब सुब्बातर्पm पनि दोस्रो चरणको परीक्षा भएको थिएन । सुवेदीले नायब सुब्बाको दोस्रो चरणको परीक्षा मंसिरमा गर्ने गरी तयारी थालिएको जानकारी दिए । सुवदीका अनुसार परीक्षा सञ्चालन गर्दा सुरक्षाका सबै विधि अपनाइनेछ । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस