हुम्ला । हिल्दुम साना जलविद्युत् आयोजनाको लाइन विस्तार योजनामा पोल ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिएको छ । खार्पुनाथ गाउँपालिका–३, रायामा लाइन बिस्तार गर्न आयोजनाले ५० वटा पोल १० लाख रुपैयाँ भाडा तिरी हेलिकप्टरमार्फत ढुवानी गरेको हो ।
पोलहरु सदरमुकाम सिमकोटबाट गाडीमा ढुवानी गरी खार्पुनाथ गाउँपालिकाको दोभानमा पुर्याइएको थियो । दोभानदेखि रायासम्म पोल ओसार्न हेलिकप्टरलाई ७ मिनेट लागेको उपभोक्ता समिति अध्यक्ष टेकबहादुर वुढाले बताए । उनका अनुसार दोभानबाट रायागाउँको पैदल दूरी ३ घन्टाको छ ।
हेलिकप्टरबाट पोल ढुवानी गरिएकोप्रति स्थानीय युवाले भने बिरोध जनाएका छन् । ‘कि सदरमुकामबाटै हेलिकप्टरबाट ढुवानी गर्नुपर्थ्यो,’ स्थानीय लालधुन टमाटाले भने, ‘बीच बाटोबाट हेलिकप्टर प्रयोग गर्दा हाम्रो मजदुरी खोसियो ।’ कोरोना महामारीका कारण विकास निर्माणका काम नहुँदा अधिकांश युवा बेरोजगार बनेको उनको गुनासो छ । उपभोक्ता समितिले विकासको नाममा चरम लापरबाही र बजेटको दुरुपयोग गरेको उनले आरोप लगाए ।
राया पुर्याइएका पोलहरु नेपालगन्जबाट जहाजमा ढुवानी गरी सिमकोट ल्याइएको थियो । ७ मिनेटको दूरीमा एउटा पोल ढुवानी गर्न २० हजार रुपैयाँ खर्च भएको अध्यक्ष वुढाले बताए । ‘कठिन भूगोलका कारण भरिया प्रयोग गरी पोल गाउँ लग्न सकिएन,’ उनले भने, ‘मजदुरमार्फत ओसार्दा ढिलाइ हुने भएपछि बाध्य भएर हेलिकप्टर प्रयोग गरेका हौं ।’ उनले ढुवानी रकम हेलिकप्टर कम्पनीलाई भुक्तानी दिइसकेको जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १० असोज २०७७, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
बाजुरामा गर्भवतीको हेलिकप्टरबाट उद्धार
काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेलिकप्टर परिचालन
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
रुसको कामचट्कामा २२ जना सवार हेलिकप्टर बेपत्ता