ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

शुक्रबार, ०९ असोज २०७७, १८ : २५
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

काठमाडौं । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

महानगरका प्रवक्ता राजु महर्जनका अनुसार उनलाई बिहीबार दिउँसो ज्वरो आएको थियो । सिटामोल खाँदा पनि ज्वरो कम नभएपछि उनले शुक्रबार बिहानै स्वाब दिएका थिए । महर्जन होमआइसोलशनमा बसेका छन् ।