नेपालमा आज ६ जनाको मृत्यु, १ हजार ३१३ जना संक्रमित थपिए, १ हजार ४५५ जना निको भए

सफल खबर संवाददाता

शुक्रबार, ०९ असोज २०७७, १६ : २२
नेपालमा आज ६ जनाको मृत्यु, १ हजार ३१३ जना संक्रमित थपिए, १ हजार ४५५ जना निको भए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४५९ पुगेको छ । यस्तै आज थप १ हजार ३१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ४५५ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । जसमध्ये ५१ हजार ८६६ जना निको भएर घर फर्किएका छन् ।