वीरगञ्ज । वीरगन्जमा उपचारको क्रममा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका १ निवासी ७७ वर्षका पुरुष रहेका छन् ।
उनको वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज अस्थायी कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बिहीबार राति साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
असोज ७ गते उपचारको लागि नारायणी अस्पतालमा भर्ना भएका ती पुरुषको स्वाब संकलन गरि परीक्षण गरिएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो । मुटु र मिर्गौलाको समस्याबाट पीडित ती पुरुषलाइ भेन्टिलेटरमा उपचार गर्दा गर्दै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ असोज २०७७, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण