चिनीको मूल्य किलोमै १७ रुपैयाँसम्म अन्तर

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ असोज २०७७, ०८ : ४८
चिनीको मूल्य किलोमै १७ रुपैयाँसम्म अन्तर

काठमाडौं । सरकारी स्वामित्वका संस्थानमार्फत पर्याप्त चिनी खरिद गरेर बजारमा हस्तक्षेप गर्न नसक्दा मूल्यमा बेथिति देखिएको छ । अहिले बजारमा चिनी किलोको ७३ रुपैयाँदेखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

व्यापारीले मनोमानी रुपमा चिनी बिक्री गर्दा उपभोक्ता ठगिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले ७३ रुपैयाँ किलोमा बिक्री गरेको चिनी खुला बजारमा व्यापारीले ९० रुपैयाँसम्म लिने गरेका छन् ।

केही मार्ट, डिपार्टमेन्टल स्टोर्सले ८० देखि ८५ रुपैयाँमा चिनी बिक्री गरिरहेका छन् । तरकारीजस्तो चिनी सड्ने, गल्ने वस्तु नभएकाले मूल्यमा एकरुपता हुनुपर्ने हो तर छैन । नागरिक दैनिकमा खबर छ ।