चन्द्रौटा । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली खोलाले बगाएको जीप आज भेटिए पनि त्यसमा सवार दुई जना अझै भेटिएको छैन् । कोइली खोलामा आएको बाढीले बुधबार नेपाल विद्युत् प्राधिकरणको वा१ञ नम्बरको जीप बगाउँदा ३५ वर्षीय चालक माधव पाण्डेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार जीपमा सवार छ मध्ये तीन जना हाम फालेर बच्न सफल भएका थिए भने दुई जना बेपत्ता भएका थिए ।
वाणगङ्गाको भलवाड पडेरीयामा विद्युत् मर्मतको काम सकेर कार्यालय फर्कने क्रममा जीपलाई खोलाले बगाउँदा त्यसमा सवार प्राधिकरणका फ्युज सेवा गजेहडाका प्रमुख कृष्ण प्रसाद पौडेल र अर्घाखाँची शितगङ्गा नगरपालिका– १३ का केशव भाट क्षेत्री अहिलेसम्म फेला पर्न नसकेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोलाको आसपासका क्षेत्रबाट दुबै जनाको खोजी कार्य जारी राखेको छ । बुधबारदेखि नै तीन वटै सुरक्षा निकायको टोली खोजी कार्यमा परिचालन भएको छ । बुधवार नभेटिएपछि सो टोलीले आज बिहानैदेखि बेपत्ता दुबै जनाको खोजी कार्य गरिरहेकोे प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ असोज २०७७, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु