बुटबलमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०८ असोज २०७७, ०९ : २२
बुटबलमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलको कोरोन अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमध्ये एकजना नवलपरासी पश्चिम रामग्रामका र अर्का कपिलवस्तुको बुद्धभूमि  नगरपालिकाका रहेका छन् ।

असोज २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षिय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । यस्तै, असोज १ गते अस्ताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षिय पुरुषको पनि उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

रामग्रामका संक्रमित कलेजो र मिर्गौलाका तथा कपिलवसतुका संक्रमित मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेका अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस