आईपिएल : कोलकातालाई हराउदैं मुम्बई विजयी

एजेन्सी

विहीबार, ०८ असोज २०७७, ०८ : ४५
आईपिएल : कोलकातालाई हराउदैं मुम्बई विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । यूएईको अबुधावीमा भईरहेको प्रतियोगितामा साबिक विजेता मुम्बईले कोलाकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो।

 कप्तान रोहित शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ५४ बलमा ८० रन बनाए । मुम्बईले पाँच विकेटको क्षतिमा १९५ रन बनाउने क्रममा कप्तान शर्माले ६ छक्का र तीन चौका प्रहार गरेका थिए ।  यस्तै सूर्यकुमार यादवले २८ बलमा ४७ रनको योगदान दिए ।

१९६ रनको लक्ष्य पछ्याएको कोलकाताले ९ विकेटको क्षतिमा १४६ रन मात्रै बनाउन सक्यो । मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन, जसप्रीत बुमराह र राहुल चाहरले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस