डडेल्धुरामा पहिलो पटक कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु

रासस

विहीबार, ०८ असोज २०७७, ०८ : ३५
डडेल्धुरामा पहिलो पटक कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु

डडेल्धुरा । जिल्लामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आएका उहाँलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो ।

नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पु¥याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। डडेल्धुरामा कोरोना सङ्क्रमणबाट यो पहिलो मृत्यु हो ।

बिरामीलाई अस्पताल ल्याएर उपचार गर्ने क्रममा श्वास प्रस्वासको गति बन्द भईसकेको र स्वाब परीक्षण गर्दा कोरना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट जगदीश बिष्टले बताए ।  शव व्यवस्थापनका लागि डडेल्धुरास्थित गरुड दह गण दह ब्यारेकमा सम्पर्क भइरहेको उनको भनाई छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस