नवलपुर । आफ्नै घरको छतबाट खसेर जनक माध्यामिक विद्यालय गैंडाकोटका शिक्षक त्रिलोक्यनाथ खरेलको मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको गैंडाकोटमा बुधबार विहान आफ्नै घरमा पानी हाल्ने क्रममा घरको छतबाट खेसर उहाँको मृत्यु भएको स्थानयीले बताए । घर मर्मत गरिरहेको बेला घरको तेस्रो तलाबाट खसेर गैंडाकोट ५ भवानी मार्ग निवासी ५१ वर्षीय त्रिलोक्यनाथ खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
विहान ७ बजे घरको छतबाट खसेर गम्भीर घाइते भएका खरेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा बुधबार १०ः४० मा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ एकाउन्ट शिक्षक भएको बिद्यालयका शिक्षक हिमाल पंगेनीले बताउनु भयो । विगत २ वर्ष अगाडि पनि छतबाटै खसेर जनक माध्यामिक बिद्यालयका प्रअको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
बुधबार, ०७ असोज २०७७, १७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु