नवलपुर । आफ्नै घरको छतबाट खसेर जनक माध्यामिक विद्यालय गैंडाकोटका शिक्षक त्रिलोक्यनाथ खरेलको मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको गैंडाकोटमा बुधबार विहान आफ्नै घरमा पानी हाल्ने क्रममा घरको छतबाट खेसर उहाँको मृत्यु भएको स्थानयीले बताए । घर मर्मत गरिरहेको बेला घरको तेस्रो तलाबाट खसेर गैंडाकोट ५ भवानी मार्ग निवासी ५१ वर्षीय त्रिलोक्यनाथ खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
विहान ७ बजे घरको छतबाट खसेर गम्भीर घाइते भएका खरेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा बुधबार १०ः४० मा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ एकाउन्ट शिक्षक भएको बिद्यालयका शिक्षक हिमाल पंगेनीले बताउनु भयो । विगत २ वर्ष अगाडि पनि छतबाटै खसेर जनक माध्यामिक बिद्यालयका प्रअको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
बुधबार, ०७ असोज २०७७, १७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु