कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

सफल खबर संवाददाता

बुधबार, ०७ असोज २०७७, ११ : ४०
कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

एजेन्सी । विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा संक्रमित संख्या ६८ लाख भन्द बढी छ। विश्वमै संक्रमणको सबैभन्दा धेरै संख्या अमेरिकामा रहेको छ ।

मृतकको संख्या दुई लाख नाघेसँगै कोरोना नियन्त्रणलाई लिएर महामारीको सुरूदेखि नै सोको व्यवस्थापनका लागि ट्रम्प सरकार चुकेको आलोचना हुदैं अएको छ । राष्ट्रपति ट्रम्पले कोरोना संक्रमण रोकथाममा राम्रो काम गर्न नसक्दा दुई लाख मानिसको मृत्युु भएको भनेर आलोचना हुन थालेका
छ । 

मृतक संख्या २ लाखमा सिमित गर्ने दाबी ट्रम्पले गर्दै आएपनि कोरोना रोकथाममा ट्रम्प प्रशासनले बनाएको टास्क फोर्सका प्रमुख डा.एन्थोनी फाउचीले भने कोरोनाका कारण २ लाख ४० हजार मानिसको मृत्यु हुने बताउँदै आएका थिए। अन्य विज्ञहरूले भने सामाजिक दूरी र मास्क प्रयोगमा अमेरिकी जनतामा देखिएको उदासिनताले मृत्यु संख्या अनुमान गरिएभन्दा धेरै भएको बताउछन्।

यस्तै युनिभर्सिटीको वासिङ्टनको स्वास्थ्य इन्सिट्यूटले वर्षको अन्त्यसम्म कोरोनाका कारण हुने मृत्यु ३ लाख ७८ हजार पुग्ने प्रक्षेपण गरेको छ। उसले संक्रमणका कारण डिसेम्बरमा दैनिक ३ हजार जनासम्मको ज्यान जानसक्ने जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस