प्रलोभनमा पर्ने ट्राफिकलाई कारवाही

रासस

मंगलबार, ०६ असोज २०७७, २० : ३८
प्रलोभनमा पर्ने ट्राफिकलाई कारवाही

सांकेतिक तस्विर

काठमाडौं । सवारी नियम उल्लङ्न गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरीलाई आज सम्मान गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित कार्यक्रममा उनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरक्षिक भीमप्रसाद ढकालले दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गर्नुभयो । 

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरशः पालना गरी ती प्रहरीले प्रलोभनमा पार्न खोज्ने चालक र सहचालकलाई कारवाहीको दायरामा ल्याएका थिए ।

सङ्गठनको छविलाई उच्च पारी दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह गरेकाले प्रोत्साहन गरिएको उहाँले बताउनुभयो । यसअघि पनि प्रलोभनमा नपर्ने ५० ट्राफिक प्रहरीलाई महाशाखाले पुरस्कृत गरेको थियो । सङ्गठनको नीति विपरित कार्य गर्ने ७७ जना ट्राफिक प्रहरीलाई विभागीय कारवाही समेत गरिएको महाशाखाले जनाएको छ । अन्य ४ प्रहरीलाई नोकरीबाटै हटाईएको छ । 

प्रतिक्रिया दिनुहोस