निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

सफल खबर संवाददाता

मंगलबार, ०६ असोज २०७७, १४ : ५४
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

काठमाडौं । कोरोना भाइरसका कारण सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको हो । बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि देशका विभिन्न ११० ठाउँमा स्थापना गरेको निर्वाचन कार्यालयका कर्मचारीको काज फिर्ताको निर्णय पनि गरेको छ । प्रमुख निर्वाचन अधिकृतलाई पनि फिर्ता बोलाइएको छ ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेलले अहिलको विशेष परिस्थितिका कारण सरकारले निर्वाचन गर्नु उपयुक्त नहुने देखेर स्थगित भएको हुनसक्ने  बताए । अहिले निजामती कर्मचारीले कोभिड १९ सँगको लडाइ लड्नुपर्ने कार्यभार सम्पन्न गर्ने र अनुकुल समयमा निर्वाचन गर्नुपर्ने उनले बताए ।

सोमबार श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद वैशाख मसान्तसम्म थप गरेको छ । 

प्रतिक्रिया दिनुहोस