सुनको मूल्य तोलामा १७०० रुपैयाँले घट्यो

रासस

मंगलबार, ०६ असोज २०७७, १२ : २६
सुनको मूल्य तोलामा १७०० रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँले घटेको छ । 

सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुन तोलामा ९५ हजार रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १२३० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस