स्वास्थ्य क्षेत्रमा अग्रसर हुँदै ल्याण्डसिड हेल्थ केयर

बुधबार, २३ फागुन २०७४, १८ : ०७
स्वास्थ्य क्षेत्रमा अग्रसर हुँदै ल्याण्डसिड हेल्थ केयर

जुगेडी:सन् २००७ बाट चितवनको कविलासस्थित जुगेडीमा सञ्चालनमा रहेको ल्याण्डसिड हेल्थ केयरले २०७४ मंसिर १ गते अर्थात सन् २०१७ नोभेम्बर १७ मा आफ्नो दशौं बार्षिकोत्सव मनाएको छ । 
ल्याण्डसिड हेल्थ केयरले विगत दश वर्षदेखि स्थानीय क्षेत्रमा रहेका जनताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षा, स्वास्थ्य शिविर लगायतका क्षेत्रमा काम गर्दै आएको छ । 
ल्याण्डसिड हेल्थ केयरका अध्यक्ष धनकीलाल गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व स्थानीय विकास मन्त्री केशवलाल श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो । भने ल्याण्डसिड इन्टरनेशनल मेडिकल गु्रपका प्रमुख कार्यकारी निर्देशक डा.च्याङ भिक्टोर विशिष्ट अतिथि रहनुभएको थियो । कविलास गाविसका सचिव प्रद्युम्न खड्काले स्वागत मन्तव्य राखेको दशौं बार्षिकोत्सवमा भरतपुर महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष मनबहादुर मगर, रोटरी क्लव अफ भरतपुरका अध्यक्ष नयनराज नेपाल, ल्याण्डसिड नेपाल चितवन मेडिकल सेन्टरका अध्यक्ष डाक्टर एचएसयू सिहि–टिन, डिष्ट्रिक गर्भरन अफ रोटरी इन्टरनेशनल डि ३५०१ का डिजि निक अतिथि रहेका थिए । 


दशौं बार्षिकोत्सवको अवसरमा रोटरी क्लव अफ ताइवान आरटि डि ३५०१ को तर्फबाट एम्बुलेन्स हस्तान्तरण गरिएको थियो । भने, ल्याण्डसिड कल्चर एण्ड एजुकेशन फाउन्डेशनको तर्फबाट अल्ट्रासाउण्ड र ईकेजी हस्तान्तरण गरिएको थियो । दश बर्षको अवधिमा ल्याण्डसिड हेल्थ केयरले निःशुल्क चिकित्सा सेवा, स्थायी चिकित्सा केन्द्र भवन निर्माणको शुरुवात, व्यवसायिक वास्तुकला टोली श्री कुंगको सहयोगमा योजना र भवन खाकाको डिजाइनको प्रारम्भ, स्थानीय नेपाल सरकारको सहयोगमा एमओयू सम्झौता ज्ञापन पत्रको हस्ताक्षर, ल्याण्डसिड हेल्थ केयरको उद्घाटन, भूकम्पपछि ताइबानको उद्धार टोलीद्वारा चितवन र धार्दिङमा चिकित्सा सेवा प्रदान, स्वास्थ्य चौकीलाई ल्याण्डसिड हेल्थ केयरमा दुई भवन प्रदान लगायतका कामहरु गरिसकेको ल्याण्डसिड हेल्थ केयरका उपाध्यक्ष चिजकुमार गुरुङ्गले जानकारी दिनुभयो । 

त्यस्तै ल्याण्डसिड हेल्थ केयरको टोली एकमहिने ताइवान भ्रमण गरेर नेपाल फर्किएको छ । टोलीलाई एकमहिनाको अवधिमा भोकेशनल टे«डिङ्ग समेत गराइएको थियो । भ्रमण टोलीमा ल्याण्डसिडका तर्फबाट चीजकुमार गुरुङ्ग, देउबहादुर गुरुङ्ग, अनिता गुरुङ्ग, कविलास गाविसका सचिव प्रद्युम्न खड्का, हेल्थ पोष्ट इन्चार्ज भविश्वर अधिकारी, नर्स दिपमाया गुरुङ्गगरी ६ जना रहेका थिए । एक महिनाको भ्रमणमा स्वास्थ्य शिक्षालाई कसरी छिटो छरितो र व्यवस्थित गर्ने र स्वास्थ्य शिक्षा सम्बन्धि तालिम सम्पन्न गराई दीर्घरोग सम्बन्धि अभिमुखी कार्यक्रम समेत सञ्चालन  गराईएको थियो । 
सो अवसरमा ल्याण्डसिड हेल्थ केयरलाई प्रदान गरिएको अल्ट्रासाउण्ड (भिडियो एक्सरे) मेशिनलाई प्रयोग गर्ने तरिकाको बारेमा समेत जानकारी गराइएको थियो ।
 

प्रतिक्रिया दिनुहोस