दशैँको अवसरमा डिशहोमले ल्यायो डबल धमाका अफर

सफल खबर संवाददाता

सोमबार, ०५ असोज २०७७, १९ : ४५
दशैँको अवसरमा डिशहोमले ल्यायो डबल धमाका अफर

काठमाडौं । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ नामक अफर संचालन गर्दै आएको छ । यसै अफरलाई डिशहोमले दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिइएको जनाएको छ । 

जसअनुसार २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ । यस अफरमा डिलरदाई मार्फत फन्ड ट्रान्सफरबाट बवर्षक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ भने २ बर्षे रिचार्जमा विक्ली लक्की ड्रमा डबल मौका प्राप्त हुने डिसहोमले जनाएको छ । हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु एक /एक लाख नगद उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । विक्ली लक्की ड्रको बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको CAS ID को आधारमा गरिनेछ हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, र रमाईलो टिभीमा लक्की ड्रको प्रत्यक्ष प्रशारण हुनेछ

अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराइने कम्पनीले जनाएको छ ।  यसबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ 

प्रतिक्रिया दिनुहोस