नेपाल जर्नी संस्थाद्वारा बेवारिसेहरुको भोजनमा सहयोग

प्रकाश सिग्देल

सोमबार, ०५ असोज २०७७, १८ : ५२
नेपाल जर्नी संस्थाद्वारा बेवारिसेहरुको भोजनमा सहयोग

चितवन । देशका विकटविकट गाउँका विद्यालयहरुमा विद्युतीय पुस्तकालय निर्माण गरी बालबालिकाको शैक्षिक विकासमा योगदान पु¥याएको नेपाल जर्नी संस्थाले बेवारिसे सडक मानवहरुका लागि भोजन गराएको छ । 

लकडाउनका कारण दैनिक हातमुख जोड्न कठिन अवस्थामा रहेका हरुका लागि बेवारिसे व्यवस्थापन तथा पुनःर्जीवन केन्द्र चितवन शाखाले नदी किनारमा सञ्चालन गरेको निःशुल्क भोजन कार्यक्रममा सहभागी भइ संस्थाले ३०० भन्दा बढीलाई एक छाक खाना खुवाएको हो । 

नेपाल जर्नी संस्थाकी बोड सदस्य ईन्दीरा अर्यालले बुबा मोतिलाल र आमा फुलमाया अर्यालको सम्झनामा नेपाल जर्नी संस्थामार्फत बेवारिसेहरुका लागि खाना खुवाउन आर्थिक सहयोग गर्नु भएको हो । नेपाल जर्नी संस्थाका अध्यक्ष गोपाल भण्डारी, उपाध्यक्ष प्रकाश सिग्देल, कोषाध्यक्ष प्रकाश थापा, सल्लाहकार गणेश श्रेष्ठ, सदस्य नविन श्रेष्ठ, सहितका पदाधीकारीले बेवारिसेलाई खाना खुवाएका हुन् । पुण्य काममा सहयोग गर्न पाउँदा खुशि लागेको नेपाल जर्नी संस्थाका अध्यक्ष गोपाल भण्डारीले बताउनु भयो ।

बेवारिसे व्यवस्थापन तथा पुनःर्जीवन केन्द्र चितवन शाखाका संयोजक सिता कुँवरले नेपाल जर्नीले गरेको सहयोगले बेवारिसेहरुका लागि भोजन गराउन धेरै सहयोग मिलेको बताउनु भयो । उहाँले संस्थाप्रति आभार समेत प्रकट गर्नु भयो । बेवारिसे व्यवस्थापन केन्द्र चितवनले भरतपुर बजार आसपासका क्षेत्रमा बस्ने हरुका लागि निःशुल्क भोजनको व्यवस्थापन गरिरहेको छ । सोमबारबाट भने कार्यक्रम स्थगित गरिएको संस्थाका सह संयोजक प्रकाश थापाले बताउनु भयो । जसको एक गास खाने आधार समेत छैन त्यस्ताको लागि बेवारिसे व्यवस्थापन केन्द्रले भोजनको व्यवस्थापन गरिरहेको हो ।

सामाजिक काममा सक्रिय नेपाल जर्नी संस्था सामाजिक अभियान्ता मौषमी श्रेष्ठको नेतृत्वमा स्थापित संस्था हो । जसले देशका विभिन्न जिल्लामा पुस्तकालय निर्माण गरिरहेको छ भने भरतपुर महानगर ४ लंकुमा अपाङ्गमैत्रि विद्युतीय पुस्तकालय निर्माण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस