मकवानपुर । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नंको बोलेरो जीप आज दिउँसो दुर्घटना हुँदा दुबै बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका राक्सिराङ गाउँपालिका–३ का २७ वर्षीय सुरज शाहीलाई थप उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । जीप चालक राक्सिराङ–५ का भीषण प्रजालाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०५ असोज २०७७, १७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत