आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, ०५ असोज २०७७, ०८ : ३७
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसम  सामान्यतया बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

अहिले देशभर सामान्य बदली रहेको छ भने प्रदेश १ र २ का केही स्थानमा पूर्ण बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १, प्रदेश २ का केही स्थानमा हावाहुरीको सम्भावना रहेको मौसमविदले बताएका छन् । उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ । यस्तै मनसुनको न्यून चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको र पूर्वतर्फ नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसमविदले बताएका छन्।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस