नेपालगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, १० : ०४
नेपालगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१, पुरैनीका ५९ वर्षीय पुरुषको शनिबार राती ११ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसरा, फोक्सोमा निमोनिय देखिएको उनको स्वास्थ्य समस्या भए पछि भदौ २० गते साँझ अस्पतालमा भर्ना गरिएको थियो। त्यही राती स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । 

अस्पतालले प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको जनाएको छ । गएराती साढे एघार बजे उनको मृत्यु भयो । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

प्रतिक्रिया दिनुहोस