काठमाडौं । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–९ रजैयामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ बस्ने अन्दाजी २९ वर्षीय दीपेन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेकोे बा३ख ९६६४ नंको मिनीबस र विपरीत दिशातर्फ जाँदै गरेको ना४९प २४०० नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा अधिकारीको मृत्यु भएको हो ।
प्रवक्ता रानाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका अधिकारीको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मिनीबस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०३ असोज २०७७, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु