ललितपुरमा २४ घण्टाभित्र चार जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०३ असोज २०७७, १३ : ३१
ललितपुरमा २४ घण्टाभित्र चार जना कोरोना संक्रमितको मृत्यु

फाइल फोटो

ललितपुर । ललितपुरमा बितेको २४ घण्टाभित्र चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा तीन जना र मेघा अस्पतालमा एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालका अनुसार पाटन अस्पतालमा भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष, भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला र भदौ २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो । 

यसैगरी असोज १ गते मेघा अस्पतालमा भर्ना भएकी भक्तपुरकी ९० वर्षीया महिलाको आज मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस