चितवन । चितवनमा उपचाररत थप एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–५ की ५१ वर्षकी महिलाको आज चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती महिला भदौ २८ गते उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् । उनमा भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा उच्च रक्तचाप र थाइराइड सम्बन्धि समस्या थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ असोज २०७७, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण