आइपीएल आजबाट सुरू हुँदै, उद्घाटन खेलमा चेन्नई र मुम्बई भिड्दै

एजेन्सी

शनिबार, ०३ असोज २०७७, ०९ : २०
आइपीएल आजबाट सुरू हुँदै, उद्घाटन खेलमा चेन्नई र मुम्बई भिड्दै

एजेन्सी । क्रिकेटमा अति रुचाइएको  इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटको १३ औं संस्करण आज (शनिबार) यूएईमा सुरु हुँदैछ ।

विगतमा भारतको विभिन्न शहरमा हुदैं आएको यो प्रतियोगिता यस पटक कोरोना महामारीका कारण यूएइमा हुने भएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी भईसकेको छ । प्रतियोगिताको पहिलो उदघाटन खेल आज  साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्स बिच हुने भएको छ । 

मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । खेल यूएइको शेख जायद स्टेडियममा हुने भएको छ ।
रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईबीचको पछिल्लो पाँच खेलमा मुम्बई अपराजित रहेको छ । गत सिजनको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस