जर्मन बुण्डेस लिगा फुटबलमा बार्यन म्युनिखको उत्कृष्ट प्रदर्शन

एजेन्सी

शनिबार, ०३ असोज २०७७, ०७ : ५७
जर्मन बुण्डेस लिगा फुटबलमा बार्यन म्युनिखको उत्कृष्ट प्रदर्शन

एजेन्सी । जर्मन बुण्डेस लिगा फुटबलमा बार्यन म्युनिखले नयाँ सिजनमा ८ गोलले एफसी शाल्केलाई पराजित गर्दैै उत्कृष्ट प्रदर्शन गरेको छ ।

लिगको पहिलो खेलमा बार्यन म्युनिखले शुक्रबार राति एफसी शाल्केलाई ८–० ले पराजित गरेको हो। पहिलो हाफमा तीन गोल गरेको बार्यन म्युनिखले दोस्रो हाफमा थप पाँच गोल गरेको हो ।

म्युनिखको जितमा सर्ज ग्नाब्रीले ४, ४७ र ५९ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । यस्तै १९ औँ मिनेटमा लियोन गोरेट्ज्का, ३१ औँ मिनेटमा पेनाल्टी मार्फत रोर्बट लेवान्डोस्की, ६९ औँ मिनेटमा थोमस मुलर, ७१ औँ मिनेटमा लिरोय साने र ८१ औँ मिनेटमा जमाल मुसिएलाले गोल गरे ।

प्रतिक्रिया दिनुहोस