संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराइने

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, २१ : ०९
संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराइने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित संसारकै अग्लो भवनमा फेरि नेपालको राष्ट्रिय झण्डा फहराइने भएको छ ।

युएईको अबुधाबीस्थित नेपाली दूतावासले संविधान दिवसको अवसरमा स्थानीय समयअनुसार शनिबार साँझ ८ बजे संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस