संयुक्त राष्ट्रसंघको महासभा भर्चुअल विधिबाट हुने, विश्वका १७३ नेताले सम्बोधन गर्ने

एजेन्सी

शुक्रबार, ०२ असोज २०७७, १४ : ५१
संयुक्त राष्ट्रसंघको महासभा भर्चुअल विधिबाट हुने, विश्वका १७३ नेताले सम्बोधन गर्ने

न्युयोर्क । संयुक्त राष्ट्रसंघको अर्काे हप्ता हुने महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् । कोभिड १९ को सङ्क्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो ।

संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका ११९ जना राज्य प्रमुखका साथै अरु ५४ जना सरकार प्रमुखहरुले सो सभालाई भर्चुअल विधिबाट नै सम्बोधन गर्न लागेका बताइएको हो । महासभा संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो निकाय हो । यो निकायको सम्मेलन यस पटक कोभिड १९ को संक्रमणका कारण यसरी भर्चुअल विधिबाट हुन लागेको बताइएको छ ।

उक्त महासभाका लागि प्रवक्ता ब्रेन्दन बर्माले सो कुराको जानकारी दिनुभएको हो । बर्माले भन्नुभएको छ बिहीबारसम्ममा १७४ जना विश्वका नेताहरुले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

उहाँले यसरी सम्बोधन गर्नेहरुमा विश्वका राज्य प्रमुखहरुमा ११९ जना रहनुभएको छ । उहाँहरुसमेत १७३ वटा देशका नेताहरुले सो महासभामा सम्बोधनका लागि दर्ता गराउनुभएको छ । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालयमा विश्वका देशका प्रतिनिधिहरु पुगिसकेका छन् । सदस्य राष्ट्रका नेताहरुले आफूले गर्ने सम्बोधनको रेकर्ड गरिएको प्रति पहिले नै उपलब्ध गराउने छन् र आ आफ्नो देशको पालो अनुसार उनीहरुको सो सम्बोधन प्रस्तुत गरिने छ ।

पहिलेका वर्षहरुमा करिब १०० वटा देशका प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघको महासभामा उपस्थित भएर सम्बोधन गर्ने कार्यक्रम रहेकोमा यस पटक भने भर्चुअल विधिबाटै गरिने भएकोेले सो संख्या धेरै हुन पुगेको बताइएको छ । (रासस/एएनआई) 
 

प्रतिक्रिया दिनुहोस