काठमाडौँ । संयुक्त राष्ट्रसंघले अमेरिकाबाट अपेक्षित रकम नआउँदा आर्थिक संकटको सामना गरिरहेको छ ।
महासचिव एन्टोनियो गुटेरेसले सबै सदस्य राष्ट्रले समयमै शुल्क तिर्न नसके तथा संगठनका वित्तीय नियम सुधार नभएमा संयुक्त राष्ट्रसंघ गम्भीर आर्थिक संकटमा पर्न सक्ने चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रसंघका अधिकारीहरूका अनुसार, अमेरिकाले नियमित सञ्चालन बजेटका लागि करिब दुई अर्ब डलर तिर्न बाँकी छ, जसमा यस वर्षको लागि सात करोड ६७ लाख डलर पनि समावेश छ । साथै, शान्ति स्थापना कार्यका लागि छुट्टै बजेटमा पनि ठूलो रकम बाँकी छ ।अमेरिकी प्रतिनिधित्वको अनुसार आगामी केही हप्ताभित्र अमेरिकी प्रशासनले आफ्नो बाँकी रकमको आंशिक भुक्तानी गर्ने योजना बनाइरहेको छ ।
यस विषयमा महासचिव गुटेरेस र अमेरिकी अधिकारीहरूबीच निरन्तर सम्पर्क भइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २८ माघ २०८२, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्रसंघ
गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो र रहनुपर्छ: संयुक्त राष्ट्रसंघ
गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ
सुडानमा १३ लाखभन्दा बढी मानिस आफ्नो घर फर्किए : संयुक्त राष्ट्रसंघ
गाजामा तीनमध्ये एक व्यक्ति भोकै : संयुक्त राष्ट्रसंघ
भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसंघका प्रमुखको आग्रह