नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४२४ जना सङ्क्रमित भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५२ लाखभन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १७४ जनाको मृत्यु भएको जनाएको छ ।
भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख १७ हजार ७५४ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५२ लाख १४ हजार ६७८ जना सङ्क्रमित भएका हुन् । ती मध्ये ४१ लाख १२ हजार ५५२ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख दुई हजार १३५ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख तीन हजार ६५० जना सक्रिय सङ्क्रमितहरु छन् ।
त्यसैगरी आन्ध्र प्रदेशमा ८८ हजार १९७ जना, उत्तर प्रदेशमा ६८ हजार २३५ र दिल्लीमा ३१ हजार ७२१ जना सङ्क्रमितहरु अहिलेपनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन् ।भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड १५ लाख ७२ हजार ३४३ जनाको कोरोना परीक्षण गरिएको छ । (रासस/एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०२ असोज २०७७, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै