चितवन । चितवनमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर र खैरहनी नगरपालिकाका ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका वडा नं.३ र १० का ४३ वर्षीय पुरुष र २१ वर्षीया महिला छन् । यस्तै खैरहनी नगरपालिका वडा नं.६ र ११ का २८ र ४० वर्षीया दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
उनीहरु सबैको पुरानो मेडिकल कलेज भरतपुर र क्वारेन्टिनबाट स्वाब दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ असोज २०७७, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण