चितवन–३ : मतदाता भन्छन्– जन्मजात कांग्रेस हुँ, तर यस पटकको भोट प्रचण्डलाई !

शुक्रबार, ०८ मंसिर २०७४, ११ : ०७
चितवन–३ : मतदाता भन्छन्– जन्मजात कांग्रेस हुँ, तर यस पटकको भोट प्रचण्डलाई !



भरतपुर । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन नजिएको छ । पहिलो चरण अन्तरगत मंसिर १० गते नेपालका ३२ जिल्लामा हुदैछ । सबै जसो क्षेत्रमा बाम गठबन्धन र लोकतान्त्रीक गठबन्धनका बिच प्रतिस्पर्धा हुदैछ । निर्वाचन आए सगै मतदाताहरु आफ्ना मन परेका उम्मेदवारलाई मतदान गर्न उत्साहित देखिन्छएका छन् ।

देशका केही निर्वाचन क्षेत्रमध्ये निकै चासोपुर्वक हेरिएको चितवन–३ मा पनी चुनावी सरगर्मी बढेको छ । दोस्रो चरण अर्थात मंसिर २१ गते हुने निर्वाचनका लागी चितवन–३ को चुनावी मैदानमा माओवादी अध्यक्ष प्रचण्ड र राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे प्रतिस्पर्धामा छन् ।  

बाम गठबन्धका तर्फबाट प्रचण्ड  र लोकतान्त्रिक गठबन्धनका पाण्डे आफ्ना एजेन्डाका साथ मतदाताका बिचमा पुगेका छन् । पुत्र वियोगका कारण केही दिन मतदाताको बिचमा जान नसकेका प्रचण्ड पुनः शुक्रवार काठमाडौ.बाट चितवन आउँदै छन् ।

सफलखबरले भरतपुर महानगरका चोकबजार, बरौंजी, शिवनगर लगायका स्थानियसँग ‘यसपटकको भेट कसलाई ?’ कुराकानी गरेको छ ।
 

 (प्रस्तुत छ, प्रचण्ड र विक्रम पाण्डेका मतदातासँग सफल खबरले गरेको कुराकानी :)

खै, सुकुम्बासीलाई लालपुर्जा ?
सिता महतो , भरतपुर –१४ बरौजी
अहिलेसम्म कुनै पार्टी भोट माग्न आएका छैनन् । हामीले जिताएर पठाएपछी  पछि कसैले पनि सम्झिँदैनन् । कुर्सीमा पुगेपछि सबै त्यस्तै रहेछन् ।
हामी सुकुम्बासी हौं, अहिलेसम्म आफ्नो घर पनि छैन । सुकुम्बासीलाई लालपुर्जा, जागिर दिन भए पो हुन्छ ∕ खै कस्ले देलान र हामिलाई लालपुर्जा ?
हामी त राजावादी हौं ! पहिला देखि राप्रपालाई भोट दिएका थियौं, यसपटक पनी त्यहि पार्टीलाई भोट दिने हो । जनतालाई विकास चाहिएको छ, तर त्यो कुरा नेताहरुले कहिल्यै सोचेनन् । भोट हाल्ने दिन अझै बाँकी छ, हेरौं

 

‘चुनावी माहोल प्रचण्डको पक्षमा’  
अभिनास रम्तेल, गोरखा (हाल : चितवन)
मेरो स्थायी घर गोरखा भएपनी चितवन बस्न थालेको धेरै भैसक्यो । यस ठाँउको मतदाता नभए पनि चुनाब चाही प्रचण्डले नै जित्नु पर्छ भन्ने लाग्छ । चितवन–३ मा प्रचण्डको पक्षमा चुनावी माहोल बढेको पाएको छु ।
माओवादी अध्यक्ष प्रचण्ड र राप्रपा (प्रजातान्त्रिक) का उपायध्यक्ष विक्रम पाण्डे मध्ये प्रचण्डको पक्षमा जनलहर धेरै राम्रो छ । प्रचण्ड बामपन्थी गठबन्धनको शिर्ष नेता र समग्र देश विकासको निम्ती बढी रहनुभएको छ त्यसैले पनि उहाको पक्षमा जनलहर सिर्जाना हुनु स्वाभाविक पनि हो । प्रचण्डलाई यहाँका जनताले पाउनु एउटा ठुलो अवसर पनी हो, उँहाले जित्नुपर्छ ।

जन्मजात कांग्रेस हुँ, तर एकपटक प्रचण्डलाई हेर्छौ
विद्या घिमिरे, भरतपुर–२० भिमनगर
 

म नेपाली कांग्रेसको समर्थक हुँ ।  हाम्रो गठबन्धनअनुसार विक्रम पाण्डेलाई भोट दिनु पर्ने हो, तर प्रचण्ड मुलधारको नेता भएको कारणले यो पालीकोे चुनावमा मैल  पुर्व प्रधानमन्त्री प्रचण्डलाई मत दिने बिचार गरेको छु । हाम्रो टोल छिमेकामा सवैको भोट प्रचण्डलाई नै जान्छ ।


प्रचण्ड देशकै शक्तिशाली नेता हुन्, उँहाको तुलनामा विक्रम पाण्डे सानो नेता हुन् । प्रचण्डबाट सिंगो मुलुकले नै ठुलो अपेक्षा गरेको छ, त्यसैले उँहालाई मत दिने बिचार गरेको छु ।
जन्मिए देखी नै म कांग्रेस थिएँ, अहिले पनी कांग्रेस हुँ ।  प्रचण्डको उम्मेदवारी पछि मैले प्रचण्डलाई नै भोट दिनुपर्छ भन्दै आएको छु, मेरो टोलमा । प्रचण्डले बोलेको कुरा पुरा गर्छन्, चितवनको विकासमा प्रचण्डले एउटा मोडेल ल्याउन सक्छन् । त्यसैले एकपटक पार्टी छाडेर ब्यक्ति रोज्ने निधो गरेका छौं ।

समानुपातिकमा रुख, प्रत्यक्षमा निधो छैन
बसुन्धरा आर्चाय, भरतपुर–६ केसरबाग
म ४२ बर्षकी भए, कांग्रेसलाई समर्थन गर्दै आएकी छु । मत खासाल्न जानेदेखी नै रुखलाई भोट दिएको हो । स्थानिय निर्वाचनमा हाम्रो गठबन्धनकी उम्मेद्वार भएर मेयरमा रेणु दाहाललाई भोट दिईयो । अहिले पनि लोकतान्त्रीक गठबन्धन छ । यो चुनावमा दिनेश कोईरला प्रदेशमा उठनु भएको छ । दिनेश कोईरला र समानुपातिकमा पनि रुखमा नै दिने हो । पाटीको नियम मान्ने हो भने विक्रम पाण्डेलाई दिन पर्ने हो, तर  विक्रम पाण्डेलाई दिने कि नदिने निधो छैन ∕ यसपटक प्रत्यक्षमा कसलाई दिने भन्ने अझै निधो भैसकेको छैन,  त्यो मंसिर २१ गते नै थाहा हुन्छ । आएको बजेट सबैलाई जाओस भन्ने चाहान्छु, यो ठाउँको विकासका लागी नेताहरुले सोच्नुपर्छ भन्ने लाग्छ ।

 

प्रतिक्रिया दिनुहोस