काठमाडौं । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर आज बुधबार बिहानै गएको भूकम्प २०७२ सालमा गएको भूकम्पको पराकम्प भएको बताईएको छ ।
आज गएको भूकम्प ६ म्यानिच्यूड मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। उनले राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा भूकम्प गएको र त्यसको प्रत्यक्ष असर काठमाडौं, धादिंग, चितवन लगायत आसपासका क्षेत्रका बुझिएको थियो ।
एकाबिहानै भूकम्पले हल्लाएपछि आम सर्वसाधारण घर बाहिर निस्किएका थिए । गोरखा केन्द्र भएर २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो। केन्द्रका प्रमुख अधिकारीका अनुसार बुधबार बिहानै गएको भूकम्पसमेत त्यही शक्तिशाली भूकम्पको परकम्प हो ।
२०७२ को भूकम्पले गोरखा र सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति गरेको थियो। भूकम्पका कारण जमिन फाटेको सिन्धुपाल्चोकमा यो वर्ष मनसुन सुरु भएदेखि नै पहिरोले ठूलो क्षति गरेको छ ।
पहिरोका कारण कतिपय गाउँनै विस्थापित भएका छन्। भूकम्प गएसंगै सिन्धुपाल्चोकमा झनै त्रास बढेको छ । स्थानियहरु फेरी पनि पराकम्प जाने हो कि भन्दै असुरक्षित महसुस गर्न थालेका छन् । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने अहिले सम्म खुल्न सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ भदौ २०७७, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प