प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त

रासस

मंगलबार, ३० भदौ २०७७, १९ : २२
प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज   यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा  सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिनुभयो । 

यसअघि डा खतिवडा सञ्चार तथा सूचनामन्त्री पनि रहनुभएको थियो । संवैधानिक व्यवस्थानुसार उहाँको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो । 

प्रतिक्रिया दिनुहोस