मुग्लिन । पहिरोले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेकोे पहिरोले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो ।
पहिरोले दुईवटा मोटरसाइकल, एक-एक वटा म्याजिक भ्यान र बलेरो जिप पनि बगाएको स्थानीय चित्रबहादुर गुरुङले बताए । वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत क्षति पुर्याएको उनले जानकारी दिएका छन् । गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् ।
पाँचकिलो बजार नारायणगढ–मुग्लिन सडकखण्डमा पर्दछ । यस सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो र पाँचकिलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ । पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३० भदौ २०७७, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा