बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी , के होला कुलमान र बामदेवबारे निर्णय ?

सफल खबर संवाददाता

सोमबार, २९ भदौ २०७७, १९ : ४५
बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी , के होला कुलमान र बामदेवबारे निर्णय ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नियमित एजेन्डामा छलफल तथा निर्णय गर्नका लागि नियमित मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।  

सोमबारको मन्त्रिपरिषद् बैठकमा नेकपा सचिवालयले हालै गरेको निर्णय कार्यान्वयनका लागि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस र विद्युत प्राधिकरणमा प्रमुख कार्यकारी नियुक्तिबारे कुनै निर्णय होला त भन्ने सबैतिर चासो छ।