व्यवसायी कुँवरको पहलमा माडीमा चेपाङका घर निर्माण हुने

सफल खबर संवाददाता

सोमबार, २९ भदौ २०७७, १६ : १९
व्यवसायी कुँवरको पहलमा माडीमा चेपाङका घर निर्माण हुने

चितवन । समाजसेवी नेपाल हेभिईक्युमेन्ट महासंघका अध्यक्ष ताराबहादुर कुँवरको पहलमा माडीमा चेपाङका घर निर्माण हुने भएको छ । 

कुँवरले चितवन माडी कुसुमखोला निकुञ्जका चेपाङ परिवारको घर पुनः निर्माण अभियान सुरु गरेका छन् । घर निर्माणका लागि माडी नगरपालिका ९ का वडा अध्यक्ष शिवहरि सुवेदीको अध्यक्षतामा निर्माण कमिटी गठन गरिएको छ।

घर निर्माणका लागि सहयोग संकलन सुरु भएको  वडा अध्यक्ष सुवेदी बताउँछन् । सहयोग संकलनका लागि ग्लोबल आइएमइ बैंकमा खाता खोलिएको छ। उक्त खातामा अध्यक्ष कुँवरले ४१ हजार रुपैयाँ जम्मा गरिसकेका छन् । सहयोग गर्न इच्छुक अन्यले ग्लोबल आइएमई बैंकको ३०७०१०००८८५१ नम्बर खातामा रकम जम्मा गर्न सक्ने जनाइएको छ।

घर बिहीन भएकाहरुलाई थोरै सहयोग गरि आश्रय दिनु सबैभन्दा ठूलो पुण्य कार्य भएको भन्दै कुँबरले सबैलाई सक्दो सहयोगका लागि आग्रह गरेका छन् । कुँबरको अगुवाईमा चक्रपथ सरसफाई अभिायन चलिरहेको छ भने कोरोना महामारीकैबीच रगत अभावको समस्या हल गर्न रक्तदान कार्यक्रम समेत संचालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस